काठमाडौं – सुनसरीमा निर्मित फाइभ स्टार होटल ‘ग्राण्ड सेन्ट्रल होटल प्रालि’ले ‘आइआरएन बीबी (डबल बी माईनस)’ र ‘आइआरएन ए४’ रेटिङ प्राप्त गरेको छ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालबाट कम्पनीले उक्त रेटिङ प्राप्त गरेको हो ।


ADVERTISEMENT


उक्त होटल नेपाल उद्योग वाणिज्य महासंघका पर्यटन तथा हवाई याताया समितिका सभापति देशबन्धु बस्नेतको एकल लगानीमा सञ्चालनमा आउन लागेको हो । होटेलले सो रेटिङ पाएसँगै डलब बी माईनसबाट दिर्घकालीनका लागि ८० करोड ३० लाख रुपैयाँ बैंक कर्जा सुविधा र दोस्रो रेटिङमार्फ छोटो अवधिका लागि ३ करोड रपैयाँ बराबरको कर्जा सुविधा लिन सक्ने भएको छ ।


ADVERTISEMENT

# # #


विन्धाम होटल एशिया प्यासिफिक प्रालिबाट मान्यताप्राप्त उक्त होटललाई होटलको स्थान र निर्माण सक्रियता, विदेशी होटलबाट मान्यता प्राप्त र लगानीकर्ताको सफलताका आधारमा उक्त रेटिङ दिईएको रेटिङ प्रदायक कम्पनी इन्फोमेरिक्सले जानकारी दिएको छ । यस्तै कम्पनीलाई दिईएको उक्त रेटिङ कम्पनीका लगानीकर्ताहरुको अनुभव, पर्यटन र सेवा क्षेत्रलाई सरकारले दिईएको प्राथमिकतालगायतलाई पनि आधारमा लिएर दिईएको बताईएको छ ।

उक्त होटललाई एबी इन्भेष्टमेन्ट होल्डिङ्सका अध्यक्ष देशबन्धु बस्नेतले एकल लगानीमा निर्माण गर्दै आएका छन् । उनको इन्भेष्टमेन्ट कम्पनीले सेवा तथा पर्यटन क्षेत्रका धेरैजसो परियोजनाहरुमा प्रत्यक्ष लगानी र परियोजनाहरु निर्माण गर्दै आईरहेको छ । उक्त होटलले प्रतिष्ठित विदेशी चेन होटल विन्धामसँगको सहकार्यमा रामडा ब्राण्डलाई भित्र्याएको छ । विन्धाम होटलका विश्वभर ९५ देशमा ९ हजार १ सय होटलहरु संचालित छन् । अध्यक्ष बस्नेतसँग यस्ता परियोजनामा काम गरेको लामो अनुभव र सफलतालाई हेरेर नै उनको होटलले उक्त रेटिङ पाएको बताईएको छ ।

यस्तै होटलको कुल लगानी १ अर्ब ७ करोड २० लाखमा निर्माण भइरहेको हो होटललाई २०२५ को मध्यतिर सफ्ट लञ्च गरिसक्ने लक्ष्य लिएको छ भने पूर्ण रुपमा २०२६को सुरुवातमै पूर्ण संचालनमा आईसक्ने बताईएको छ । अर्थात होटलको वित्तीय र भौतिक प्रगतिसँगै आगामी योजना हेरेरै इन्फोमेरिक्सले होटललाई उक्त रेटिङ दिएको बताईएको छ ।

यस्तै होटल रहेको स्थान पनि नेपाल भारत सीमाभन्दा ३० किलोमिटरकै दूरिमा रहेकाले यसले भारतीय पर्यटकहरुलाई लक्षित गरेको बताइएको छ । यसरी सेवाग्राहीलाई प्राथमिकतामा राखेर स्थान छनोट गरी होटल स्थापना भईरहेकाले पनि होटललाई उक्त रेटिङ दिईएको इन्फोमेरिक्सले जानकारी दिएको छ ।