नयाँ दिल्ली – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार भारतीय राष्ट्रपति द्रोपदी मुर्मुसँग भेटघाट गर्दैछन् । बिहान ११ बजे प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति मुर्मुसँग भेटघाट गर्ने जनाइएको छ ।


ADVERTISEMENT


उनले भ्रमणका अवसरमा भारतीय समकक्षी मोदीसँग भेटवार्ता गरेको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ । प्रधानमन्त्री प्रचण्ड को सम्मानमा नयाँदिल्लीस्थित नेपाली दूतावासले सोमबार बिहान चियापानको आयोजना गर्ने कार्यक्रम छ ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार दिउँसो नयाँ दिल्ली प्रस्थान गरेका थिए ।

प्रधानमन्त्रीको साथमा उनकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि छन् । प्रधानमन्त्री सोमबार नै स्वदेश फर्कने कार्यक्रम छ ।