गण्डकी – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले विश्वासको मत पाएका छन् । सोमबार प्रदेशसभामा भएको मत विभिजनमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिन सफल भएका हुन् ।


ADVERTISEMENT


कूल ६० सदस्य रहेको गण्डकी प्रदेशसभाको आजको मतदानमा ५९ जना उपस्थित थिए । जसमध्ये मुख्यमन्त्री पाण्डेको पक्षमा ३१ मत प्राप्त गरे । उनको विपक्षमा २८ मत परेको थियो ।


ADVERTISEMENT

# # #


उनलाई काँग्रेसका २७, राप्रपाका २, नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद दीपक मनाङेसहितले मत दिएका हुन् ।  मुख्यमन्त्री पाण्डेको विपक्षमा भने नेकपा एमाले र माओवादी केन्द्रले मतदान गरेका हुन् ।

मुख्यमन्त्री पाण्डेले पाएको ३१ मत प्रदेशसभामा तत्काल कायम रहेको सदस्य संख्याको बहुमत भएको भन्दै सभामुख कृष्ण प्रसाद धितालले आफूलाई प्रदेशसभाको विश्वास छ भनी मुख्यमन्त्री पाण्डेले राखेको प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका हुन् ।

यससँगै गण्डकीमा सरकार ढल्नबाट जोगिएको छ । पाण्डे प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा उनी यही जेठ १६ गते दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए।