काठमार्डौँ– कर्पोरेट डेभलपमेन्ट बैंकको १६औँ साधारणसभा असार १९ गते हुने भएको छ ।


ADVERTISEMENT


बैंकले १६औँ साधारणसभाको आह्वान गर्दैसभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासंग मर्जर तथा एक्विजिशनसम्बन्धि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारि दिने विशेष प्रस्ताव पारित गर्ने बताएको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ ।

साधारणसभा प्रयोजनार्थ बैंकले असार १ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यसअनुसार जेठ ३१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारणसभामा सहभागिता जनाउन सक्नेछन् ।