काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले केन्द्रमा मन्त्रिमण्डल हेरफेरका बारेमा आफुलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।
बिहीबार संसद भवनमा संक्षिप्त प्रतिक्रिया दिँदै नेपालले मन्त्रिमण्डल हेरफेरका विषयमा जानकारी नभएको बताएका हुन् । उनले प्रधानमन्त्रीसंग हुने भेटमा यस बिषयमा सोध्ने पनि बताएका छन् ।
अध्यक्ष नेपालले सदनमा सांसदको अभिरुचीका बिषय आ–आफ्नो सोचाइ भएको उल्लेख गरे ।



























































