सुर्खेत– प्रदेश नम्बर ६ को संसदीय दलको नेतामा नेकपा एमालेको तर्फवाट यामलाल कँडेल चयन भएका छन् । सुर्खेतमा बसेको दलको बैठकले कँडेललाई सर्वसम्मत दलको नेतामा चयन गरेको नेकपा एमालेले जानकारी दिएको छ ।


ADVERTISEMENT


संसदीय दलको नेताका लागि कँडेलको प्रस्ताव पोलिटब्यूरो सदस्य प्रकाश ज्वालाले गरेका थिए । ज्वालाको प्रस्तावमा सबै सांसदहरुले समर्थन जनाएपछि कँडेल संसदीय दलको नेता सर्वसहमत चयन भएका हुन् ।


ADVERTISEMENT

# # #


प्रदेशसभाका ४० सांसद मध्ये एमालेका २० जना छन् । एमाले र माओवादी केन्द्रबीच भएको सहमति अनुसार ६ नम्बर प्रदेशको मुख्यमन्त्री माओवादीले पाउने छ । प्रदेश ६ मा नेकपा माओवादी केन्द्रले संसदीय दलको नेता तथा भावी मुख्यमन्त्रीमा महेन्द्रबहादुर शाहीको पक्षमा सहमती भएको बुझिएको छ ।