काठमाडौँ – सरकार र आन्दोलनरत ट्याङ्कर चालकबीच सहमति भएको छ । सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र मन्त्रालयका सचिवको अध्यक्षतामा ४ बुँदे सहमति भएको हो ।


ADVERTISEMENT


जस अनुसार नेपाल पेट्रोलियम ट्यांकर चालक संघको ७ बुँदे माग र देखापरेका समस्याको सम्बोधन गर्न एक उपसमिति गठन गर्ने सहमति भएको छ । यस्तै नेपाल आयल निगमले व्यवसायीहरुलाई दिई आए बमोजिमको पारिश्रमिक र सुविधा ट्यांकर चालकरसहचालक तथा यस क्षेत्रमा कार्यरत श्रमिकहरुलाई उपलब्ध गराउने व्यवसायीले प्रतिबद्धता व्यक्त गर्ने जनाइएको छ ।


ADVERTISEMENT

# # #


यस्तै आजदेखि नै ट्यांकर चालक संघले आफ्नो सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता गरी उपभोक्ताको हितलाई ध्यानमा राखी पेट्रोलियम पदार्थको ढुवानी कार्य गर्ने सहमति भएको छ ।

यस्तै कानुनी परिपालचनाको पनि नियमन गर्ने सहमति भएको छ । ट्यांकर चालक संघको आन्दोलनका कारण इन्धन ढुवानी नहुँदा काठमाडौँ उपत्यकामा पेट्रोल र डिजेलको अभाव भएको थियो भने सोमबार पेट्रोल पम्पहरुमा लामो लाइन लागेको थियो ।