काठमाडौँ – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले संसद सचिवालयका कर्मचारीको आन्दोलनका विषयमा छलफल गरेका छन् ।


ADVERTISEMENT


सिंहदरबारमा घिमिरे र दाहालले विभिन्न दलका मुख्य सचतेकसहित कर्मचारीहरु आन्दोलनका विषयमा छलफल गरेका हुन् । सो क्रममा उनीहरु कर्मचारीको माग सकारात्मक भएकाले सम्बोधनका लागि पहल गर्ने भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरेका थिए भने कर्मचारीहरुले भने लिखित प्रतिवद्धता नआएसम्म आन्दोलन जारी राख्ने जानकारी गरएका थिए ।


ADVERTISEMENT

# # #


छलफल कांग्रेस मुख्य सचेतक रमेश लेखकले संसदमा काम गर्ने समय यकिन नभएकाले सोही अनुसारको कर्मचारीको सेवा सुविधा उपलब्ध हुनुपर्नेमा एकमत रहेको जानकारी दिए । उनले संसद सञ्चालन गर्नको लागि सरकारले आवश्यक अर्थको व्यवस्था गर्नुपर्ने उनले बताए ।

त्यस्तै एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कर्मचारीको मागका विषयमा अर्थमन्त्रालयसंग छलफल गर्ने बताए । कर्मचारीहरूले उठाएको न्यायोचित मागलाई पूरा गर्नुपर्ने भन्दै उनले सरकारले आवश्यक बजेटको व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै संसद सचिवालय, आधिकारीक कर्मचारी युनियनका अध्यक्ष गोविन्द प्रसाद बेल्बासेले आफुहरुको मागप्रति गम्भीर रुपमा छलफल भए पनि कुनै सहमति हुन नसकेको जानकारी दिए । आफूहरुले छलफल र आन्दोलनलाई निरन्तर रुपमा अघि बढाउने उनले बताए ।

अतिरिक्त समयमा गरेको कामको भत्ता पाउनुपर्ने लगायतको ११ बुँदे माग राखेर संसदका कर्मचारीहरु आन्दोलनरत छन् ।