चितवन– फागुन ११ गतेदेखि ६ दिनसम्म नेपाल, भारत र भुटानलाई समेटेर हिमालयन ड्राइभ छैठौं अन्तराष्ट्रिय मोटर र्योली आयोजना हुने भएको छ । नेपाल अटोमोबाइल एसोसिएसन संगको सहकार्यमा कलकत्ताको जस्ट स्पोर्टस तथा सिएडिए र एनएमएससीको संयुक्त आयोजनामा मोटर र्याली हुन लागेको हो ।


ADVERTISEMENT


र्यालीमा ६० वटा गाडीमा १ सय २० जनाले प्रतिस्पर्धामा सहभागी हुनेछन् । जसमा दशवटा नेपालका, र अन्य भारत तथा भुटानका गाडी हुनेछन् । चितवनबाट मात्रै ५ गाडीले प्रतिस्पर्धामा सहभागीता जनाउदै छन् । प्रतिस्पर्धीबाहेक अन्यको पनि र्यामलीमा सहभागिता हुँदै छन् । शुरुवाती चरणमा भारतमा मात्रै हुने गरेको मोटर र्याली गत संस्करणदेखी नेपाल र भुटानसम्म प्रवेश गर्न थालेको हो ।


ADVERTISEMENT

# # #


चितवन अटोमोवाइल डिलर्स एसोसिएसनका अध्यक्ष इश्वरकुमार श्रेष्ठले भारतको सिलिगुडीबाट सुरु हुने र्याली नेपालको विभिन्न क्षेत्र हुँदै चितवनसम्म आइपुग्ने र भुटानको फुन्सिलिंग हुँदै भारतमा पुगेर समापन गरिने जानकारी दिए । र्या्ली चितवनको सौराहा,विसहजारी ताल,भरतपुर, नारायणगढ, दाहाखानी, पार्सा,लोथर ड्यामहुँदै पुनः सौराहामा पुग्ने उनले वताए । र्यारली सिलिगुडीमा पुगेर विजेतालाई पुरस्कार वितरण गरिएपछि समापनको घोषणा गरिने उनको भनाई छ ।

श्रेष्ठका अनुसार नेपाल, भारत र भुटानको संस्कृतिक, पर्यटन तथा व्यवसायिक विकास तथा समन्वयका लागि यालीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने जनाए । उनका अनुसार समय, गति र दुरीलाई ख्याल राखेर ट्राफिक नियमको पालना गर्दै र्याालीको आयोजना गरिने छ । श्रेष्ठले अनुशासनको पालना र आयोजकले बनाएको नियमलाई ख्याल गरेर विजेता घोषित गरिने छ ।

‘आयोजकले एउटा नियम बनाएको हुन्छ,’ उनले भने, ‘त्यही नियमलाई पछ्याउँदै विजय हाँसिल गर्न सक्नुपर्छ ’। श्रेष्ठले छिटो दगुर्ने र नियमको पालना नगर्नेले विजेता बन्न नसक्ने जानकारी पनि दिए । उनले कुनै पनि देशमा ट्राफिक व्यवस्थापनमा बाधा नर्पुयाउने गरी र्यानलीको आयोजना गरिने बताए ।

आयोजकले र्यानलीमा प्रथम हुनेलाई भारतीय एक लाख रुपैयाँ, द्धितियलाई ७५ हजार र तृतियलाई ५० हजार रुपैयाँ नगद र ट्रफी प्रदान गरिने जनाएको छ । र्यााली अन्तर्गत चितवनमा खर्च उन्नाइस लाख हुने र सो खर्च काडाले व्यहोर्ने छ भने देश भित्रका अन्य ठाउँमा हुने खर्च एनएमएससीले व्यहोर्ने जानकारी र्योलीका संयोजक प्रकाश कपुरीले जनाए ।

छैठौं पर्वतीय खेल महोत्सवको उपलक्ष्मा हुन लागेको सो र्यापलीलाई व्यवस्थित रुपमा संचालन गर्न प्रकाश कपुरी, राजन पिया र दीपक आचार्य रहेको उच्चस्तरिय समिति गठन गरेको छ भने र्यासलीलाई राष्ट्रिय खेलकुद परिषद र नेपाल पर्यटन बोर्डको समेत सहयोग रहने छ । भारतको सिलिगुडीबाट सुरु हुने त्रि–देशीय अन्र्तर्राष्ट्रिय मोटर र्याली फागुन १६ गते सकिने छ ।