रसुवा– रसुवा भन्सार कार्यालयले यस अर्थिक वर्षको एघार महिनामा लक्ष्यको ९१ प्रतिशत राजश्व असुली गर्न सफल भएको छ ।


ADVERTISEMENT


गत आर्थिक बर्षको तुलनामा यस आर्थिक बर्षको एघार महिना सम्ममा राजश्व अशुलीमा उल्लेख्य सुधार भएकोे जनाएको छ । आर्थिक वर्ष ०७९/०८० मा लक्ष्यको ७७‍.२९ प्रतिशत मात्र असुली भएकोमा यस आर्थिक बर्षमा भने लक्ष्यको ९१‍‍‍‍.३१ प्रतिशत भएको छ ।


ADVERTISEMENT

# # #


विभागले दिएको साबिकको लक्ष्य ११ अर्ब ९४ करोड रहेकोमा पछि संशोधित लक्ष्य भने करिब २१ अर्ब रहेको छ । जसमा कार्यालयले १९ अर्ब १७ करोड राजश्व असुल गरिसकेको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले बताए ।

उनका अनुसार यस आर्थिक वर्षमा ब्यबसायीहरुले मुल्य अभिवृद्धि कर,माल वस्तुको स्पस्ट घोषणा नभएको,कम परिणम घोषणा भएको,उत्पतिमुलक फरक घोषणा गरिएको, एच एस कोड परिवर्तनलगायतबाट ५८ करोड जरिवाना गरिएको जनाए ।

गत आर्थिक वर्षको जेठ मसान्त सम्मको आयातसंगै राजस्व असुली तुलनात्मक रूपमा हेर्दा यस वर्ष झन्डै तीन गुणाले बढेको देखिन्छ।

चीनबाट नेपाल आयात हुने समाग्रीहरुमा साना–ठूला सबै प्रकारका सवारी साधन, निर्माणाधीन हाइड्रोपावरका उपकरण, स्याउ, ओखर, तयारी पोसाक, जुत्ता चप्पल, बच्चाका खेलौना, रोल कपडा, विद्युतीय सामग्री जस्ता विविध सामग्री आयात भइरहेको रसुवा भन्सार कार्यालयले जनाएको छ ।