पोखरा– पोखरा रंगशालस्थित मेगा योगा प्रदर्शन सम्पन्न भएको छ । भारतीय दूतावासले पोखरा महानगरपालिको सहकार्यमा पोखरा रंगशालस्थित मेगा योगा प्रदर्शन सम्पन्न गरेको हो ।


ADVERTISEMENT


अन्तर्राष्ट्रिय योगा दिवसको अवसरमा आयोजित सो कार्यक्रममा ५ हजार भन्दा बढी योग अभ्यासीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे तथा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको उपस्थिति रहेको थियो ।


ADVERTISEMENT

# # #


उनीहरुले पोखरामा यति ठूलो योगा दिवस कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिदैँ यसले सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउन मद्दत पुग्ने बताए ।

साथै उनीहरुले यसलाई वार्षिक कार्यक्रम बनाउन समेत सुझाव दिए । कार्यक्रममा बोल्दै भारतीय राजदूतावास नवीन श्रीवास्तवले ‘आफ्नो तथा समाजको लागि योगा’

लाई नेपाल–भारतबीचको महत्त्वपूर्ण सांस्कृतिक कनेक्ट गर्ने माध्यमको रूपमा प्रकाश पारे ।