काठमाडौँ – प्रहरीले झापाको झापा गाँउपालिका वडा नं–१ मा लागुऔषध ब्राउनसुगरसहित २ जनालाई पक्राउ गरेको छ । बिहीबार इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले १७ ग्राम २२० मिलिग्राम लागुऔषध ब्राउनसुगरसहित २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको किसनगंज कुतवाभिट्टा जिल्ला नँया टोल जुलमात हुसेन र तोसिफ आमल रहेका छन् । उनीहरु चढेको मोटर साइकल चेकजाँच गर्दा उक्त लागू औषध फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताएका छन् ।
उनको अनुसार पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।



























































