काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को मौका परीक्षा मिति आजै तय गरेको छ । बोर्डका अनुसार २ विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थीका लागि साउन १८ र १९ गते मौका परीक्षा सञ्चालन हुनेछ ।


ADVERTISEMENT


बोर्डले आज सार्वजनिक गरेको नतिजा अनुसार कुल चार लाख ४४ हजार ७८५ जना विद्यार्थी सहभागी भएको परक्षिामा २ विषयसम्म अनुत्तीर्ण हुनेमा १ लाख १५ हजार ८३४ रहका छन् ।


ADVERTISEMENT

# # #


यसैगरि त्यसअन्र्तगत एक विषयमा अनुत्तीर्ण हुनेमा ६७ हजार ८९६ जना रहेका छन् भने दुई लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै नियमित तर्फ उत्तीर्ण भएका छन् ।