काठमाडौं- बिहीबार बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ ।


ADVERTISEMENT


बुधबार संघीय संसद् सचिवालयले बैठक सूचना टाँस गरेर प्रतिनिधिसभा बैठक स्थगित भएको जानकारी गराएको हो ।


ADVERTISEMENT

# # #


बिहीबार बिहान ११ बजे बस्नेगरी तय भएको बैठक विशेष कारणबस बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली २०८३ को नियम ६ को उपनियम ३ बमोजिम सभामुल डोल प्रसाद अर्यालले असार १२ गते शुक्रबार दिउँसो १ बजेका लागि निर्धारण गर्नुभएको संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेद्वारा जारी सूचनामा उल्लेख छ ।

चितवनमा जारी रास्वपाको महाधिवेशन लम्विएका कारण प्रतिनिधिसभा बैठक स्थगित गरिएको हो ।