काठमाडौँ – नेकपा एमालेका नेता गोकुल बास्कोटाले दूध बेचेर जीविकोपार्जन गर्ने किसानहरुको समस्या दिर्घकालीन रुपमा समाधान गर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।


ADVERTISEMENT


बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बास्कोटाले सरकार पटक पटक परिवर्तन हुँदा पनि वर्षौंदेखिएको दूग्ध किसानहरुको समस्या समाधान नभएको भन्दै उनीहरुको समस्या दिर्घकालीन रुपमा समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।


ADVERTISEMENT

# # #


किसानहरूको ५ अर्ब भन्दा बढी रुपैयाँ भुक्तानी बाँकी रहेको अवस्थामा किसानलाई रुवाएर सरकार हासेर बस्न नमिल्ने उनले बताए । दुग्ध किसानका बारेमा प्रधानमन्त्रीले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ । बास्कोटाले बाहिरबाट धुलो दुध बाहिरबाट ल्याएर स्वदेशी किसानलाई मर्कामा पार्ने काम भएको भन्दै आपत्ति जनाए ।

त्यस्तै माओवादी केन्द्रका सांसद् देवेन्द्र पौडेलले एसइईको परीक्षाफलका आधारमा शिक्षण संस्थाहरुलाई हार र जितका रुपमा नभइ शिक्षण सिकाइका रुपमा अघि बढाउनुपर्ने बताए । शिक्षाको गुणस्तर सुधारमा ध्यान दिई शिक्षालाई उत्पादन र बजारसँग जोड्न उनले सरकारको ध्यानाकर्षण गराए ।

उनले उच्चशिक्षा तहमा जाने विद्यार्थीहरुलाई नेपालमा नै पठनपाठन हुने शिक्षाको जानकारी गराउने र स्वदेशमा नै आशा जगाउने गरी काम गर्नुपर्ने जिकिर गरे ।