काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनालले महामन्त्रीले बुझाएको समीक्षा यात्राको प्रतिवेदनमाथि पार्टीभित्र गम्भीर छलफल हुने बताएका छन् ।


ADVERTISEMENT


बिहीबार काठमाडौंमा सञ्चारकर्मीसंग कुरा गर्दै खनालले इलामको निर्वाचनपछि पार्टी सचिवालयले नै देशभर पार्टीको अवस्थाका बारेमा अध्ययन गर्न महामन्त्री मुकुल ढकाललाई जिम्मेवारी दिएको भन्दै महामन्त्रीको प्रतिवेदनमाथि पार्टीभित्र गम्भीर छलफल हुने र आवश्यक निष्कर्ष निकाल्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले भने, ‘उपनिर्वाचनपछि पार्टीको नेतृत्वले नै केही समस्या भइरहेको छ की भनेर पत्ता लगाउन खटाएको हो र उहाँले केही कुरा पत्ता लगाएर ल्याएको छु भनिसकेपछि स्वभाविक रुपमा हामी त्यसमा गम्भीरतापूर्वक अध्ययन गर्छौं ।’

महामन्त्रीको प्रतिवेदन व्यक्तिको इच्छाले भन्दा पनि पार्टीभित्र समस्या रहे नरहेको बुझ्नका लागि तयार भएको उनको भनाइ छ । खनालले प्रतिवेदनको निष्कर्षका आधारहरुमा समेत अध्ययन हुने उनको भनाइ छ ।

यसअघि महामन्त्री ढकालले राजनीतिक, सैद्धान्तिक र संगठनात्मक क्षेत्रमा पार्टीभित्र सुधार गर्नुपर्ने लगाएतका सुझाव दिदै पार्टी सभापति रवि लामिछानेलाई समीक्षा यात्राको प्रतिवेदन बुझाएका थिए ।