काठमाडौँ – भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा र पूर्वकप्तान विराट कोहलीले टी–२० अन्तर्राष्ट्रिय खेलबाट सन्यासको घोषणा गरेका छन् । शनिबार भारतलाई दोस्रो पटक आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधि दिलाएपछि उनीहरुले क्रिकेटको सबैभन्दा छोटो फर्म्याटबाट सन्यास लिएका हुन् ।


ADVERTISEMENT


फाइनलमा म्यान अफ द म्याच घोषित ३५ वर्षीय कोहलीले खेल लगत्तै सन्यासको घोषणा गरेका थिए भने कोहलीलाई च्छ्यिाउँदै ३७ वर्षीय रोहितले खेलपछिको पत्रकार सम्मेलनमार्फत टी–२० अन्तर्राष्ट्रियबाट सन्यासको घोषणा गरका हुन् ।


ADVERTISEMENT

# # #


‘यो मेरो अन्तिम टी-२० विश्वकप थियो र हामीले हासिल गर्न चाहेको यही हो,” कोहलीले दक्षिण अफ्रिकाविरुद्धको रोमाञ्चक फाइनल खेलमा भारतको ७ रनको जितमा ५९ बलमा ७६ रन बनाएपछि प्लेयर अफ द म्याचको अवार्ड जितेपछि भने, “यो अचम्मको खेल हो, मैले आज रोहितलाई जब हामी ब्याटिङ जाँदैगर्दा भनेको थिएँ कि कुनै दिन रन बनाउन गाह्रो जस्तो लाग्छ, र त्यसपछि तपाई बाहिर आउनुहुन्छ र ती कुराहरु हुन्छन्। भगवान महान हुनुहुन्छ। कृतज्ञतासहित म मेरो शिर झुकाउँछु।  म साँच्चै आभारी छु, टोलीका लागि सबैभन्दा महत्वपूर्ण समयमा योगदान गर्न सकेँ ।’

कोहलीले भारतका लागि अर्को एक टी–२० विश्वकप जित्न चाहेको र त्यो पूरा भएसँगै भावी पस्ताका क्रिकेटरका लागि यस फर्म्याटबाट आफूले विदा लिने निर्णय गरेको बताए ।

‘साँच्चै सन्यास लिएको हो भन्ने प्रश्नमा कोहलीले भने, ‘हो, यो खुला गोप्य थियो, यो त्यस्तो चीज थिएन कि हामीले आज हारेको भए मैँले घोषणा गर्ने थिइनँ । यो मेरो भारतको लागि खेल्ने अन्तिम टी–२० विश्वकप हुन गइरहेको थियो, अब यहाँबाट अर्को पुस्ताले टोलीलाई अगाडि बढाउनुपर्छ । दुई वर्षको चक्रमा भारतमा केही अद्भुत खेलाडीहरू खेलिरहेका छन्, उनीहरूले टोलीलाई अगाडि बढाउनेछन्। मलाई कुनै शङ्का छैन कि तिनीहरूले देशको झण्डा फहराउनेछन्, र वास्तवमै यो टोलीलाई यहाँबाट अगाडि लैजानेछन्।’

भारतले पछिल्लो पटक सन् २०११ मा एकदिवसीय विश्वकप जितेको थियो । जुन कोहलीको पहिलो विश्वकप थियो । त्यसपछि भारतले पहिलो पटक विश्वकप जितेको छ, जुन कोहलीको टी–२० मा अन्तिम विश्वकप हो । जसमा उनले ५९ बलमा ७६ रन बनाउँदै भारतलाई जितमा सघाएका थिए । प्लेयर अफ द म्याच बनेका कोहलीले ३५ वर्षमै टी–२० अन्तर्राष्ट्रियबाट सन्यास लिएका हुन् । यस फर्म्याटमा उनले १२५ खेलमा १ शतक र ३८ अर्धशतकसहित ४ हजार १८८ रन बनाएका छन् भने ४ विकेट समेत लिएका छन् ।

कोहलीसँगै रोहितको पनि सन्यास

र्वकप्तान विराट कोहलीले टी–२० अन्तर्राष्ट्रिय खेलबाट सन्यासको घोषणा गरेसँगै कप्तान रोहित शर्माले पनि उनलाई पच्छ्याएका छन् । रोहितले खेलपछिको पत्रकारसम्मेलनमा भने कि फाइनल खेल उनका लागि पनि अन्तिम टी–२० खेल थियो ।

‘यो मेरो अन्तिम टी–२०खेल पनि थियो । यस ढाँचालाई अलविदा भन्नको लागि यो भन्दा राम्रो समय छैन।’ सन्यासलाई पुष्टिगर्दै उनले भने, ‘मलाई यो हरेक पल मन परेको छ। मैँले मेरो भारत करियर यही ढाँचा खेलेर सुरु गरें। म यही चाहन्थें, म कप जित्न चाहन्थें। यो मेरो लागि निकै भावुक क्षण हो । म मेरो जीवनमा यो उपाधिको लागि धेरै हताश थिएँ। खुशी छ कि अन्ततः रेखा पार भयो ।’

रोहितले आफू एकदिवसीय र टेस्ट खेललाई भने निरन्तरता दिने बताए । ३७ वर्षीय रोहितले भारतका लागि १५९ वटा टी–२० अन्तर्राष्ट्रिय खेलमा ५ शतक र ३२ अर्धशतकसहित ४ हजार २३१ रन बनाएका छन् ।

रोहित र कोहलीको टी–२० ढाँचाबाट सन्यास पूरै अप्रत्याशित भने थिएन। सन् २०२२ को टी–२० विश्वकप सेमिफाइनलमा भारतको पराजयपछि यी दुई हस्तीले भारतका लागि कुनै पनि टी–२० खेल खेलेका थिएनन् । विशवकपलाई ध्यानमा राख्दै यस वर्षको जनवरीबाट मात्र उनीहरुले टी–२० अन्तर्राष्ट्रिय खेल्न सुरु गरेका थिए ।