गोदावरी – धनगढीस्थित नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रमा रगतको मौज्दात घट्दै गएको छ । उक्त केन्द्रका प्रमुख धरणीधर पन्तका अनुसार कुनै बिरामीले आकस्मिक रुपमा रगत माग गरेमा तत्काल पाउने अवस्था छैन ।


ADVERTISEMENT


सुदूरपश्चिमका पहाडी जिल्लाबाट विभिन्न रोगका बिरामी उपचारका लागि धनगढीमा आउने गरेका छन् । उपचार गर्न अस्पताल भर्ना भएका बिरामीका आफन्तले रगतको खोजीमा सास्ती खेप्नु परेको छ । पछिल्लोपटक जिल्लामा रक्तदान कार्यक्रम पनि कम हुन थालेका छन् । हरेक वर्ष गर्मीयाममा रगत अभाव हुने गरेको प्रमुख पन्तले बताए ।


ADVERTISEMENT

# # #


“रक्त सञ्चार केन्द्रका अनुसार ‘ए पोजेटिभ’ समूहको रगतको अभाव तुलनात्मक रूपमा बढी देखिएको छ । कतिपय समूहको रगत बिरामीका आफन्तले चाहेका बेला पाउने अवस्था छैन”, उनले भने, “हामीले रक्तदाता खोजेर भए दिने प्रयास गर्दै आए पनि सहज रूपमा रगत पाउन ढिला हुन्छ ।”