काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलमा मूल्य बढेर आएको भन्दै निगमले मूल्य बढाएको हो ।


ADVERTISEMENT


आइतबार बसेको निगम सञ्चालक समितिको बैठकले सोमबार बिहानदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाएको हो ।


ADVERTISEMENT

# # #


हवाइ इन्धन र एलपी ग्यासको भाउ भने घटबढ भएको छैन । बढेको मूल्य आज राति १२ बजेपछि लागू हुनेछ ।