निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि २०७४ माघ १२ गतेदेखि लागू गरेको निर्वाचन आचारसंहिता, २०७२ माघ २६ गतेबाट लागू नरहने निर्णय गरेको छ ।


ADVERTISEMENT


प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा शुक्रबार बसेको बैठकले माघ २६ बाट आचारसंहिता लागु नहुने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


आयोगको बैठकले सो निर्णयलाई प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालय, सबै मन्त्रालयहरु तथा संवैधानिक निकायहरुमा जानकारी गराउन आयोगको सचिवालयलाई निर्देशनसमेत दिएको प्रवक्ता नवराज ढकालले जानकारी दिए ।