काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन ६ गते नयाँ सरकार गठन हुने बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीमाझ बोल्द्यै अध्यक्ष दाहालले सो कुरा बताएका हुन् ।


ADVERTISEMENT


अध्यक्ष दाहालले निर्वाचन आयोगले फागुन ५ गतेभित्रै निर्वाचनको सम्पूर्ण परिणाम राष्ट्रपतिसमक्ष पेश गर्ने तयारी गरिरहेकाले पनि ६ गते नयाँ सरकार बन्ने सम्भावना रहेको प्रष्ट पारे । उनले शुक्रबार बिहान राष्ट्रपति विद्या भण्डारीसँगको भेटमा पनि नयाँ सरकार गठनका विषयमा छलफल गरिएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


अर्को एक प्रसंगमा अध्यक्ष दाहालले एमालेसँगको पार्टी एकता सकारात्मक दिशामा अघि बढिरहेको दाबी समेत गरे । पद बाँडफाँडमा कुरा नमिलेका कारण पार्टी एकतामा ढिलाई भएको भन्ने भनाई सत्य नभएको पनि स्पष्ट पार्दै उनले एमाले नेताहरुको कार्य व्यवस्तताका कारण शुक्रबार बोलाइएको पार्टी एकता संयोजन समितिको बैठक स्थगित गरिएको पनि जानकारी दिए ।

राष्ट्रपति विद्या भण्डारी र अध्यक्ष दाहालबीच आजै नयाँ सरकार गठन लगायतका विषयमा छलफल भएको थियो ।