काठमाडौं-घरमा कामको चटारो थियो । बिहेका लागि सरसामान जोरजाम पारिँदै थियो । अघिल्लो दिन अकस्मात् बेहुला हराए । खोजी गर्दा कतै भेटिएनन् । बाध्य भएर आफन्त र स्थानीय बासिन्दा प्रहरी कार्यालय पुगे । खोजीका लागि निवेदन दिएकै ६ दिन बितिसक्यो।


ADVERTISEMENT


अहिलेसम्म अवस्था पत्ता नलाग्दा उनीहरूले बाध्य भएर शुक्रबार प्रशासन कार्यालय नै घेराउगरेका छन् ।सोमबार विवाहको लगन जुराइएको थियो । गैंडाकोट–१४ का २९ वर्षीय बालकृष्ण खरेल अघिल्लो बेलुकासम्म परिवारका सदस्यसँग हाँसीखुसी व्यवहार गरिरहेका थिए । तर, मध्यरातदेखि उनीबेपत्ता भए । घर नजिककी युवतीसँग विवाह छिनिएको थियो, उनको । दुवै परिवारले सबै तयारीपूरा गरिसकेका थिए । बेहुला एकाएक बेपत्ता भएपछि दुवै पक्ष चिन्तित छन् ।


ADVERTISEMENT

# # #


‘बिहेको अघिल्लो दिन राति १२ बजेसम्म घरमै गफ गरेर बसेका थियौं, पछि सुत्न गयौं । बिहानहेर्दा भाइ कोठामा थिएन,’ दाजु गणेशले भने, ‘कतै निस्केका होलान्, आइहाल्लान् भनेर सबैतयारी गर्‍यौं । जन्ती आउने क्रम सुरु भयो । भाइ आएनन् ।’ त्यसपछि सबै आत्तिए । अहिलेसम्मउनको कुनै खबर नपाउँदा परिवारका सदस्य चिन्तित छन् ।

९ वर्षदेखि स्पेनमा बस्दै आएका थिए, बालकृष्ण । गत मंसिरमा घर आएका थिए । आफन्तकाअनुसार उनकै राजीखुसीले विवाहको टुंगो लागेको थियो । परिवारले इलाका प्रहरी कार्यालयगैंडाकोट, रजहर र जिल्ला प्रहरी कार्यालयमा खोजीका लागि निवेदन दिएका छन् । प्रहरीलेहराएदेखि नै बालकृष्णको मोबाइलको ‘स्विच अफ’ रहेको तर फेसबुक भने ‘एक्टिभ’ भएको जनाएको छ ।

प्रहरीका अनुसार अघिल्लो दिन माघ २१ गते राति ११ः३७ देखि ११ः५७ सम्म लगातार बेहुलीको मोबाइलमा फोन गरेको देखिएको छ । त्यसपछि मोबाइल ‘अफ’ छ । फेसबुकमा अनलाइन देखिएपनि परिवारका सदस्यले सोधेका कुराको जवाफ आएको छैन । बिहीबार राति ११ः३९ मा उनको फेसबुकमा ‘भोलि बालकृष्णको अन्तिम दिन हो’ भन्ने स्टाटस अपडेट भएको देखिएपछि परिवारजन गहिरो चिन्तामा छन् । त्यसको अघिल्लो दिन ११ः३९ बजे उनको म्यासेन्जरमा फोनगर्दा हिन्दीमा ‘बालकृष्ण नही है’ भन्ने जवाफ आएको र त्यसपछि फोन राखिएको परिवारजनको भनाइ छ ।

शंकास्पद संवाद र फेसबुक स्टाटसका आधारमा उनको अपहरण भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ । परिवारका सदस्यहरू भने बालकृष्णको कसैसँग पनि झगडा वा शत्रुता नभएको बताइरहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीले ‘कल डिटेल्स’ लिएर उनकोखोजी भइरहेको जनाएको छ । तीन दाजुभाइमध्ये बालकृष्ण परिवारका कान्छा हुन् । कक्षा १२सम्मको अध्ययन गरेर उनी नौ वर्षअघि बिदेसिएका थिए । उनी स्पेनस्थित एक होटलमा कामगर्थे ।-आजको कान्तिपुरबाट