काठमाडौँ– नाबालिकाहरूलाई यौन क्रियाकलापमा लगाएको अभियोगमा २ जनालाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले सोमबार पक्राउ गरेको छ ।


ADVERTISEMENT


पक्राउ पर्नेहरूमा सिन्धुली हरिहरपुर गाउँपालिका–१ घर भएका ३३ वर्षीय बीर बहादुर सिंतान र २५ वर्षीय सुबिलाल सिंतान रहेका छन् ।


ADVERTISEMENT

# # #


उनीहरूले भक्तपुर मध्यपुर थिमि नगरपालिका–१ मनोहरा–जडिबुटीमा सञ्चालन गरेको सिन्धुली होटल ढिडो सर्भिस् एण्ड गेष्ट हाउसमा बालिकाहरूलाई राम्रो आम्दानी हुने काममा लगाईदिने प्रलोभनमा पारी गेष्ट हाउसमा आएका ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न लगाई यौन क्रियाकलापमा लगाएको अनुसन्धानबाट खुल्न आएको छ ।

साथै प्रहरीले उक्त गेष्ट हाउसबाट ३ जना बालिकाहरूलाई उद्दार गरेको छ । उनीहरूलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।