काठमाडौँ– नेकपा एमालेले विश्वासको मतका लागि प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन ह्वीप जारी गरेको छ ।
एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका हुन् ।
स्पष्ट अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले शुक्रवार प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन्।
प्रधानमन्त्रीले विश्वासको लिने अनिवार्य उपस्थित भई विपक्षमा मतदान गर्न ह्विप जारी गरिएको प्रमुख सचेतक महेश बर्तौलाले बताए।
कांग्रेससँगको सहमति अनुसार प्रचण्ड सरकार ढलेपछि एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन् ।



























































