काठमाडौँ– सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले जनशक्ति र भौतिक पूर्वाधारको अभावका सेवा प्रभावित हुनसक्ने जनाएको छ ।


ADVERTISEMENT


सिंहदरबारमा बुधबार बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले अहिले प्रत्यारोपण र डायलासिसका लागि विरामीहरुको संख्या निकै बढेको भन्दै अहिलेकै जनशक्ति र पूर्वाधारबाट प्रयाप्त सेवा दिन कठिन हुने बताए ।


ADVERTISEMENT

# # #


उहाले १२ बर्षको अन्तरालमा १२७८ जनाको मृगौला प्रत्यारोप गरिसकेको जानकारी दिए । देशभरका बिभिन्न अस्पतालले डायलासिसका लागि उपकरण थप गरेपनि विरामीको संख्या बढेका कारण अझै अभाव देखिएको उनले बताए ।

उनले सरकारले पटक पटक लिखित रुपमा नै केन्द्रलाई जग्गा दिने प्रतिवद्धता जनाएपनि प्राप्त हुन नसकेको गुनासो गर । श्रेष्ठले भक्तपुरको सुर्यबिनायकस्थीत इट्टा टायल कारखानाको लिज सकिएको अवस्थामा केन्द्रले प्राप्ती गर्नका लागि पत्राचार गरेर फाइल अघि बढेपनि बिभिन्न मन्त्रालयमा पुगेर अड्किीएको जिकिर गरे ।

बैठकमा समिति सदस्यहरुले प्रत्यारोपण सेवालाई सहज बनाउनका लागि आवश्यक पूर्वाधारका लागि पहल गर्न र अंगदानका लागि सचेतनामूलक कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने सुझाव दिएका थिए ।