काठमाडौँ – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको समग्र अर्थतन्त्रलाई स्थायित्व दिने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याइने बताएका छन् ।


ADVERTISEMENT


बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अधिकारीले सरकारले लिएको आर्थिक वृद्धि हासिल हुने, वित्तीय क्षेत्रलाई चलाउन बनाउने तथा समग्र अर्थतन्त्रलाई स्थायित्व दिने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याइने बताएका हुन् ।


ADVERTISEMENT

# # #


बैंकिङ क्षेत्र, बाह्य क्षेत्रलाइ सवल बनाउँदै विदेशी मुद्राको सहज सञ्चिती हुने कुराहरुलाई ध्यान दिदै राष्ट्र बैंकले नीति बनाउने उनले बताए । उनले मौद्रिक नीतिको तयारी अन्तिम चरणमा पुगेको र बैंकर एशोसीयसनसंग छलफल गरेपछि अन्तिम रुप दिने जानकारी दिए ।

उनले बैंकका ऋण तिर्न नसक्ने अवस्था देखिएको भन्दै यसको समीक्षा गर्दै आवश्यक नीति बनाइने धारणा राखे ।