काठमाडौँ– रिद्धि सिद्धि सिमेन्ट लि.ले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपूर जिल्लालाई लक्षित गरि पुन आयोजना गरेको “मकवानपूर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८१” को छात्रवृत्ति कार्यक्रम सफलता पुर्वक सम्पन्न गरिएकोे छ ।


ADVERTISEMENT


यस छात्रवृत्ति कार्यक्रममा कुल १४५ विद्यार्थीहरु सहभागी भएका थिए । रोबोटिक ल्याबमा बनेको स्मार्ट रिद्धि सिद्धि सिमेन्ट लि. ले आयोजना गरेकोे यस कार्यक्रममा लिखित परीक्षा तथा दौड प्रतियोगिता मार्फत पिप्ले रंगशालामा बृहत कार्यक्रम आयोजना गरिएकोे थियो ।


ADVERTISEMENT

# # #


यस कार्यक्रममा मकवानपुर जिल्लाबाट एस.ई.ई परीक्षामा ४ जि.पि.ए. ल्याएकी सुश्री रितिका छत्कुलीलाई सम्मान स्वरूप नगद रु १०,००१ प्रदान गरिएको थियो । साथै यस कार्यक्रममा हेटौडा उप महानगरपालिकाका उप मेयर राजेश बानिया ज्युको गरिमामय उपस्थितिमा कार्यक्रम संचालन गरिएको थियो।

त्यस साथै मकवानपुर जिल्लाबाट एस.ई.ई मा उत्कृस्ट अंक ल्याउने सफल बिद्यालय बाल जागृति इंग्लिश बॉर्दिङ्ग स्कूलका प्रधान अध्यापक, सुरक्षा प्रदान गरिदिनु हुने जिल्ला प्रहरी कार्यालय मकवानपुर, शैक्षिक विज्ञं तथा जिल्ला शिक्षा ईकाई समिति, हेटौडा उप महानगरपालिका वडा नं ५ तथा सम्पूर्ण संस्थाहरुलाई हार्दिक कृतज्ञ अर्पण गर्दै प्रमाण पत्र सहित सम्मान गरिएको थियो ।यसका साथै बिद्यार्थी, अभिभावक, बिद्यालयका प्रधान अध्यापक, शिक्षक बर्गहरुको उल्लेखनिय सहभागिता भएको थियो ।

यस छात्रवृत्तिका कार्यक्रम अन्तर्गत कम्पनीले पहिलो हुने विद्यार्थीलाई मासिक रुपमा रु. ५०००/–, दोश्रो हुनेलाई रु. ३५००/–, तेश्रो हुनेलाई रु. २५००/– साथै सान्त्वना स्वरुप थप १२ विद्यार्थीलाई मासिक रुपमा रु.१५००/– एक वर्षसम्म उपलब्ध गराइने बताइएको छ ।