काठमाडौँ – नवनियुक्त परराष्ट्र मन्त्री डा.आरजु राणाले सबै छिमेकीसँग सन्तुलित सम्बन्ध कायम गरी अघि बढ्नुपर्नेमा जोड दिएकी छन् ।


ADVERTISEMENT


सोमबार मन्त्रालयमा पद बहाली गर्दै मन्त्री राणाले नेपाल असंलग्न आन्दोलन र पञ्चशीलको सिद्धान्तमा विश्वास गर्ने मुलुक भएकाले सबै छिमेकीसँग सन्तुलित सम्बन्ध कायम गरी अघि बढ्नुपर्नेमा जोड दिएकी हुन् । मुलुकको सार्वभौमसत्ता र स्वतन्त्रता इतिहासदेखि नै सुरक्षित रहेको भन्दै उनले यसलाई अक्षुण्ण राख्नुपर्ने दायित्व सबैको भएको जिकिर गरिन् ।


ADVERTISEMENT

# # #


राणाले नेपालले विभिन्न अन्तर्राष्ट्रिय सन्धि, सम्झौता र प्रतिबद्धता गरेको तथा त्यसको कार्यान्वयनबाट आर्थिक कुटनीतिलाई अघि बढाउन योगदान गर्न सकिने विश्वास व्यक्त गरिन् ।

सो क्रममा उनले विभिन्न मुलुकका राष्ट्रिय दिवस तथा नेपालसँगका सम्बन्धबारे पठाउनुपर्ने सन्देशलाई व्यवस्थापन गर्नेसम्बन्धी निर्णयमा हस्ताक्षर गरेकी थिइन् ।