काठमाडौँ – रास्वपा सांसद सोविता गौतमले नयाँ सरकारले समावेशीतालाई कसरी हेरेको छ भन्दै प्रश्न गरेकी छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै गौतमले मन्त्रिपरिषद्को स्वरुप हेर्दा संविधानले सुनिश्चित गरेको महिलाको प्रतिनिधित्व नरहेको र दलितको प्रतिनिधित्व शून्य रहेको भन्दै समावेशीतालाई कसरी हेरेको छ भन्दै सरकारलाई प्रश्न गरिन् ।
उनले दुई ठूला दल मिल्ने सामान्य विषय नभएको भन्दै सहमति किन र कसरी भयो भन्ने प्रश्न गरिन् । गौतमले भ्रष्टाचारको मुद्दामा नाम मुछिएकाहरुका नाम पनि मन्त्रीको लिष्टमा आएको भन्दै त्यस्ता मन्त्रीहरुबाट सुशासनको अपेक्षा गर्न नसकिने बताइन् ।
उनले सुशासनको मुद्दामा आफ्नो पार्टी अडिक रहेको र यसमा सरकारलाई सहयोग गर्न चाहेको जिकिर गरिन् ।



























































