काठमाडौँ – नवनियुक्त परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । उनीहरुबीत मंगलबार सिंहदरबारस्थित मन्त्री राणाको कार्यकक्षमा भेटवार्ता भएको हो ।


ADVERTISEMENT


भेटमा उनीहरुबीच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार राजदूत श्रीवास्तवले मन्त्री सिंहलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पारस्परिक सहयोग अभिवृद्धिका निम्ति भारत सरकार तयार रहेको बताएएका थिए ।


ADVERTISEMENT

# # #


भेटमा परराष्ट्र मन्त्रालयका कर्मचारी र भारतीय राजदूतावासका कर्मचारीको समेत उपस्थिति रहेको थियो । नयाँ सरकार बनेसँगै परराष्ट्रमन्त्री बनेकी राणाले सोमबार मात्रै पदबहाली गरेकी थिइन् । नेपाली काँग्रेसकी सांसद उनी काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी समेत हन् ।