काठमाडौँ – महान्यायाधिवक्ता रमेश बडालले पदभार ग्रहण गरेका छन् ।


ADVERTISEMENT


बिहीबार शीतलनिवासमा पद तथा गोपनियताको शपथ लिएपछि महान्यायाधिवक्ताको कार्यालय पुगेर बडालले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै बडालले संविधानले निर्धारण गरेको दायरा अनुरुप आफूले काम गर्ने बताए ।


ADVERTISEMENT

# # #


सरकारलाई उचित सल्लाह दिँदै सरकारविरुद्ध परेका मुद्दाहरुको प्रतिरक्षा गर्ने कामलाई आफूले प्रभावकारी रुपमा अघि बढाउने उनले बताए । उनले कुनै पनि घटनाबाट प्रभावित भएका व्यक्तिहरुलाई न्याय दिने कामलाइ उचित ढंगले अघि बढाउने धारणा राखे ।

वरिष्ठ अधिवक्ता बडाललाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार महान्यायाधिवक्तामा नियुक्त गरेका थिए । सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।