काठमाडौं – नेपाली काँग्रेस, बागमती प्रदेशका सभापति इन्द्र बानियाँ यस्ता नेता हुन्, जो जात र धर्मभन्दा माथि उठेर सोच्छन् । उनी आफ्नो क्षेत्रका हरेक जनतालाई समान हिसाबले सहयोग गर्छन् ।


ADVERTISEMENT


कहिले एउटा तामाङको छोरालाई मन्त्री बनाउन सघाउँदै हिंडछन् । कहिले कोरोना कहरकालमा चेपाङ समुदायमा खाद्यान्न वितरण गर्दै हिंडछन् । अप्ठ्यारो पर्दा गरीबका छोराछोरी पढाउन आफ्नो निजी सम्पत्ति नै खन्याउन सक्छ्न् ।


ADVERTISEMENT

# # #


बागमती प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसबाट उम्मेदवार बन्ने करीब करीब पक्का भइसकेका इन्द्र बानियाँको लोकप्रियता र सफलताको रहष्य भनेकै राजनीतिलाई हेर्ने उनको आफ्नै विशिष्ठ सोच हो ।

बानियाँका अनुसार राजनीतिमा दुई पक्ष प्रबल हुनुपर्छ । एउटा सेवा र अर्को मानवता । सेवा र मानवता भाव मनमा जाग्नासाथ जुनसुकै दलका कार्यकर्तालाई पनि संकट पर्दा सघाउन सकिन्छ र बानियाँले गरेको पनि त्यही हो ।

बानियाँको दृष्टिमा राजनीतिमा हुनै नहुने दुई कुरा छन् । ती हुन्, जातीय र धार्मिक पूर्वाग्रह । ‘ब्राह्मण, क्षेत्री, जनजाती आदि जातको आधारमा राजनीति हुँदैन, मानवीयताको आधारमा हुन्छ, मानवसेवाको आधारमा हुन्छ’ भन्ने बानियाँको स्पष्ट मान्यता छ ।

हुन पनि जात र धर्मको राजनीति गर्नेहरुको राजनीतिक ग्राफ घटेको छ । हिजो ‘एक भोट दाईलाई, एक भोट गाईलाई’ भन्दै धर्मको आडमा राजनीति गरेका कमल थापाले मकवानपुरको आफ्नै क्षेत्रमा निर्वाचन जित्न सकेनन् ।

‘जातीय राज्य’को नारा दिएर मुलुकका सोझा सिधा जनजाती समूहलाई युद्धमा होमेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्ततः ती जनजातीलाई त धोका दिए नै, उनको जातीय राजनीति पनि प्रत्यूत्पादक भयो । जातीय राजनीतिको गलत दिशामा पाइला चालेकै कारण दाहालको राजनीतिक हैसियत पनि खस्किएको छ ।

यही कुरालाई सुरुदेखि नै गम्भीर रुपमा मनन गर्दै आएका दुरदर्शी चेतनाका धनी बानियाँले कहिल्यै राजनीतिमा जात र धर्मको कुरा घुसाएनन् । ‘हामी सबै एकै समस्या, भावना र सोचका नेपाली हौं’ भन्ने बोधका साथ उनले राजनीतिलाई नयाँ शैली र संस्कारमा हिंडाउने प्रयास गर्दै आएका छन् । बानियाँले अपनाएको सेवा र मानवताको राजनीतिभित्र विद्वेश हैन, विकास पर्छ । आलोचना हैन, उपकार पर्छ । अनि कटुता हैन, करुणा पर्छ ।

जननेता विपी कोईरालाले प्रशिक्षित गरेको वृक्षारोपण, रक्तदान, प्राकृतिक विपत्तिपीडितको उद्धार आदि मानवतामा आधारित क्रियाकलापमा बानियाँले आफूलाई कहिल्यै पछि राखेनन् ।

काँग्रेस यस्ता काममा किन अभिन्न ढंगले सहभागी हुनुपर्छ भने मान्छे बाँच्नलाई रुख चाहियो । पर्यावरण सन्तुलन राख्न पनि रुख चाहियो । त्यसैले रुख रोपिन्थ्यो । कतै मान्छे बिरामी परिहाले रगत चाहियो, त्यसका लागि रक्तदान गर्नैपर्यो । जनसरोकारसँग जोडिएका यस्ता अनेकौं विषय छन्, जसमा पार्टी जोडिनुपर्छ भन्ने बानियाँको स्पष्ट मान्यता छ ।

यस्तै मान्यतालाई पकडिँदै मकवानपुर होइन, समग्र बागमती प्रदेशकै राजनीतिमा सक्रीय बानियाँ यस क्षेत्रमा लोकप्रिय छन् । पार्टी बलियो बनाउन, संगठन परिचालन गर्न र अन्य राजनीतिक दलहरुसँग प्रतिस्पर्धा गर्नसक्ने भएकाले बागमती प्रदेशमा काँग्रेसका सम्पूर्ण संरचना र आम नागरिकलेसमेत इन्द्र बानियाँलाई मुख्यमन्त्रीको रुपमा खोजिरहेको अवस्था छ ।

बागमती प्रदेशमा एक्लै बानियाँले पार्टीको पक्षमा केसम्म गर्नसक्छन् भन्ने त गएको निर्वाचनमै देखियो । नेकपा (एमाले)को बलियो संगठन भएको मकवानपुरमा काँग्रेस पहिलो पटक पहिलो पार्टी बन्न पुग्यो । संविधान सभाको दोस्रो निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टीका रुपमा स्थापित गराउन बानियाँको भूमिका अकाट्य छ ।

नेपाली काँग्रेसको हाईहाई भएको कालखण्ड २०१५ सालको निर्वाचनमा समेत जित्न नसेको इतिहास सच्याउँदै २०७० को निर्वाचनमा काँग्रेस पहिलो नम्बरको पार्टी बनेको हो र एमालेको किल्ला भत्काएको हो ।

मकवानपुर यस्तो क्षेत्र हो, जहाँ पञ्चायतकालमा पञ्चायतकै वर्चश्व रह्यो । बहुदल आएदेखि एमाले र माओवादीको किल्ला रह्यो । काँग्रेसले कहिल्यै पनि जितेन । अतितका हरेक निर्वाचनमा पहिलो पार्टी एमाले, दोस्रो पार्टी कहिले माओवादी, कहिले राप्रपा भए । काँग्रेस जहिले पनि तेस्रो या चौथो पार्टीमै सीमिति हुँदै आयो । तर, बानियाँकै मानवतावादी राजनीतिले पासा पल्टाईदियो, २०७० मा काँग्रेस पहिलो पार्टी बन्यो ।

अहिले संगठन, निर्वाचनको मत र स्थानीय तहको मतको आधारमा पनि मकवानपुरमा काँग्रेसलाई पहिलो पार्टी बनाउन सफल योजनाकार इन्द्र बानियाँ हुन् भन्नेमा सबै सहमत छन् ।

बागमती प्रदेशभित्रै गौरवमय अवस्था सिर्जना गर्नसक्ने व्यक्ति अहिले आफ्नै पार्टी नेतृत्वबाटै अन्यायमा परेको हो कि भन्ने आम प्रदेशवासीको पीडाबोध छ । उनीहरु चाहन्छन्, यस्तो सफल नेतालाई अवसर दिनुपर्छ ।

निराशालाई आशामा रुपान्तरण गर्ने व्यक्तिलाई नै निराशामा पारियो भने बागमतीमा पानी हैन, आँसु बग्नसक्छ । अनि बागमती प्रदेशमा काँग्रेस नेतृत्वको ओज, प्रभाव र विस्तार पुनः अवनतितर्फ जानसक्छ । बागमती प्रदेशको मुख्यमन्त्रीमा बानियाँलाई खडा गरेर पार्टी नेतृत्वले सही समयमा सही निर्णय गर्नुपर्छ भन्ने सबैको शुभेच्छा र माग छ ।