काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले राजीनामा दिएर नयाँ सरकार गठनको प्रक्रिया सुरु भएसँगै काँग्रेसले पार्टीका प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाको नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ ।
मुख्यमन्त्रीमा लामालाई अघि बढाउने गरी आइतबार नै प्रदेश संसदीय दलको बैठकबाट निर्णय गरेको काँग्रेसले लामाको टिममा रहने टिम निर्माणको समेत सुरुवात गरेको छ । काँग्रेसले पाउने मन्त्रालय अनुसारका व्यक्तिलाई मन्त्री बनाउने तयारी भइरहँदा केही नामको बारेमा चर्चा सुरु भएको छ ।
कूल १३ मन्त्रालय रहेको बागमतीमा काँग्रेसले करिब ७ मन्त्रालय पाउने छ । स्रोतले दिएको जानकारी अनुसार काँग्रेसमा नयाँ सरकारमा पठाउनका लागि मुख्यतः ८ जनाको नाम चर्चामा रहेको छ । जसअनुसार काँग्रेसले कुन्दन काफ्ले, उर्मिला नेपाल केसी, रमेश महत, रामकुमार पहाडीको नाम अघि सारेको छ । यस्तै प्रभात तामाङ, बिमल ठकुरी, मिनकृष्ण महर्जन र सुरेश श्रेष्ठको नाम समेत चर्चामा रहेको स्रोतले बतायो ।
कूल ११० सदस्य रहेको बागमतीमा काँग्रेसका ३७ सांसद रहेका छन् ।



























































