काठमाडौँ – सरकारले विभिन्न १८ देशका लागि नयाँ राजदूत सिफारिस गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले १८ देशका राजदूतलाई फिर्ता बोलाउँदै नयाँ राजदूत सिफारिस गरेको हो ।


ADVERTISEMENT


चीन, रुस, अष्ट्रेलियालगायतका देशका राजदूत फिर्ता बोलाउने निर्णय भएको हो । बैठकले यसअघि प्रचण्ड सरकारले फिर्ता बोलाएका भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मालाई भने निरन्तरता दिएको छ ।


ADVERTISEMENT

# # #


यस्तै पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी, पूर्वसचिव चन्द्र घिमिरे राजदूतमा सिफारिस भएका छन् ।