मकवानपुर– नव नियुक्त बाग़मति प्रदेश युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनलाई मकवानपुरका खेलाड़ीहरुले आज हेटौड़ामा भब्य स्वागत गरेका छन् ।
युवा तथा खेलकुद महर्जन खेल क्षेत्रमा हस्तिको रूपमा परिचित छन् । मन्त्री महर्जनले बोल्ने क्रममा आफ़नो नशा नशा मा खेलकूद जोडेको कारण आफ़ुले खेलकूद मन्त्रालय रोजेको उनले बताए ।
१२ वर्षको उमेरबाट कराते खेलसंग अबद्ध रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाड़ी हुँदै अन्तर्राष्ट्रिय रेफ्री,खेलकुदको सर्वाेच्च निकाय राष्ट्रिय खेलकुद परिषद्को कोषाध्यक्ष समेत भएका थिए ।
उनै महर्जन युवा तथा खेलकूद मन्त्री भए लगत्तै बागमती प्रदेशका खेलाडीहरूमा खुशियाली छाएको छ। २०७९ सालको प्रदेश सभा निर्बाचनमा एमालेका उम्मेदवार चेतनाथ संजेललाई सानदार मतका साथ पराजित गरेको थियो। मन्त्री महर्जन आफ्नो जिल्लामा मात्र नभई देशभरी प्रभाव राख्न सक्ने नेताको रूपमा परिचित छन् ।
आजको सम्मान कार्यक्रमको सभापतित्व ग्रहण गर्ने मकवानपुर बाक्सिंगसंग अध्यक्ष भेष खड़गीले मन्त्री महर्जनको निकै प्रशंसा गरेको थियो उक्त सम्मान कार्यक्रमा पुर्व खेलाड़ी सस्कृति पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरीलाई सम्मान सम्मान गरिएको थियो।






























































