धनकुटा– प्रभु बैंकले धनकुटामा ३१०औँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले एक कार्यक्रमबीच धनकुटामा पहिलोपटक शाखा विस्तार गरेको हो । शाखाको धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले उद्घाटन गरेका हुन् ।
उद्घाटन गर्दै नगरप्रमुख तामाङले यस बैंकको विस्तारसँगै धनकुटा नगरवासीलाई बैंकिङ सेवा लिन सहज भएको बताए । धनकुटासँगै तेह्रथुम बजारको म्याङ्लुङमा पनि ३०९औँ शाखा स्थापना गरिएको छ ।
यी दुईसहित कोशी प्रदेशमा मात्र ३८ वटा शाखा सञ्चालनमा आएको बैंकका कोशी प्रदेश प्रमुख बद्रीकुमार कटुवालले जानकारी दिए । बैंकलाई हरेक जिल्लामा पुर्याउने र त्यस स्थानको आर्थिक गतिविधि चलायमान बनाउने लक्ष्य बैंकले राखेको छ ।



























































