इटहरी– सानैदेखि अभिनेत्री बन्ने सपना बोकेकी इटहरीकी स्नेहा भट्टराईले अन्ततः ‘मोदिबेनी’बाट फिल्ममा डेब्यु गर्दैछिन् ।


ADVERTISEMENT


उनको डेब्यु रहने फिल्म ‘मोदिबेनी’ यहि श्रावणको १८ गतेदखी प्रदर्शनमा आउँदै छ । आफ्नो पहिलो फिल्ममा आफूले धेरै मेहेनत गरेको भन्दै यसबाट धेरै अपेक्षा राखेको सुनाइन् ।


ADVERTISEMENT

# # #


अब उनको अभिनयलाई दर्शकले कत्तिको रुचाउने वा नरुचाउने भन्ने कुरा जान्न त फिल्म रिलिज पर्खनै पर्ने हुन्छ । तर, फिल्मको क्यारेक्टरले मागेको सतप्रतिसत आफुले दिएको स्नेहा बताउँछिन् ।

स्नेहा ‘मिस कलेज नेशनल–२०१७’ की फर्स्ट रनरअप समेत हुन् । उनले ५ वर्षअघि ‘बिहानी’ मा पहिलो म्युजिक भिडियो समेत गरेकी छन् । त्यसपछि उनले ‘नौडाँडा पारी’, ‘खोला जस्तो जिन्दगी’ जस्ता गीतहरूमा अभिनय गरेकी छन् ।

यस्तै उनले ‘मिसयुज’ नामक लघुचलचित्रमा समेत अभिनय गरेकी छन् । स्नेहाले मुकुन भुसालसंग १ महिनाको अभिनय प्रशिक्षण लिएकी थिइन् । सिक्ने क्रमको अन्त्य कहिले नहुने भन्ने कुरा बुझेकी स्नेहाले अभिनयमा अझै निखार ल्याउन अनुप बरालसंग अभिनयको प्रशिक्षण लिने सोच बनाएकी छन् ।

अभिनयलाई नै आफ्नो करियर बनाएकी उनले मेघा टेलिभिजनमा कार्यक्रम प्रस्तोताको रुपमा पनि केही समय काम गरेको अनुभव छ भने हालसम्म झण्डै ३५ ओटा कमर्सियल टेलिभिजन विज्ञापनमा समेत अभिनय गरिसकेकी छन् ।