काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी एकदिवसीय क्रिकेट लिग–२ अन्तर्गत आगामी सेप्टेम्बरमा क्यानडामा हुने त्रिकोणात्मक सिरिजका लागि २२ खेलाडीलाई बन्द प्रशिक्षणमा गुमाएको छ ।
क्यानले आइतबार रोहित पौडेलको कप्तानीमा प्रारम्भिक नेपाली टोली घोषणा गरेको हो । जसबाटै १५ सदस्यीय अन्तिम टोली घोषणा गरिनेछ । त्यसअद्धि २२ खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर प्रशिक्षण गराइनेछ ।
बन्द प्रशिक्षणमा बोलाइएको खेलाडीहरुमा कप्तान रोहितसँगै कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, देव खनाल, भीम सार्की, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद र सोमपाल कामी रहेका छन् ।
यस्तै करण केसी, गुल्सन झा, कमल सिंह ऐरी, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी, सूर्य तामाङ, बसिर अहमद, आकाश चन्द, सागर ढकाल र सन्दीप जोरालाई पनि बन्द प्रशिक्षणमा बोलाइएको हो ।
लिग–२ को त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले क्यानडामा घरेलू टोली र ओमानसँग प्रतिस्पर्धा गर्नेछ ।



























































