काठमाडौं-नामिबियामा जारी वर्ल्ड क्रिकेट लिग डिभिजन टु अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले आज केन्यासंग प्रतिस्पर्धा गर्दैछ ।


ADVERTISEMENT


शीर्ष दुईमा रहदै विश्वकप छनोटमा पुग्न नेपाललाई केन्याबिरुद्धको खेल जित्नै पर्ने दबाब छ । तीन खेलको समाप्तीमा २ जित र १ हार सहित ४ अंकसहित नेपाल तालिकाको दोस्रो स्थानमा छ ।


ADVERTISEMENT

# # #


यसअघिका दुबै खेलमा पराजित भएको केन्या प्रतियोगिताको पहिलो जितको खोजीमा रहदा नेपाल भने तेस्रो जितसँगै विश्वकप छनोट नजिक पुग्ने लक्ष्यमा छ । केन्यापछि नेपालले समुह चरणको अन्तिम खेलमा क्यानडासँग प्रतिस्पर्धा गर्नेछ । अन्तिम खेल अघि नै शीर्ष दुईमा रहन नेपाललाई केन्याबिरुद्धको खेल ‘गर वा मर’ को अबस्थामा छ ।

खेल विन्डोकस्थित वान्डरर्स मैदानमा नेपाली समयानुसार दिउँसो सवा १ बजे सुरु हुनेछ । यसअघि हिजो भएको खेलमा युएई माथि ४ विकेटको जित हात पार्दै नेपालले शीर्ष २ मा रहने सम्भावना जिवितै राखेको हो ।

प्रतियोगितमा आज शीर्ष स्थानको क्यानडा र आयोजक नामिबिया तथा युएई र ओमानबीच पनि प्रतिस्पर्धा हुनेछ ।