एजेन्सी – बङ्गलादेशमा चर्किँदो आन्दोलनका बीच प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएकी छन् । बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै विद्यार्थी समूहले सुरू गरेको आन्दोलनबाट गलेकी हसिनाले अन्ततः राजीनामा दिँदै देश नै छोडेकी छन् ।


ADVERTISEMENT


उनले सोमबार राजीनामा दिएर देश छोडेको बंगलादेशका प्रसिद्ध समाचार संस्था ढाका ट्रिब्यूनले बताएको छ । हसिना बाहिरिएसँगै बंगलादेशमा अब अन्तिरिम सरकार बन्ने भएको छ ।
सोमबार नै सेना प्रमुख जनरल वकेर–उज–जमानले एक सम्बोधन गर्दै सबै दलको सहभागितामा अन्तरिम सरकार गठन हुने घोषणा गरेका छन् । जनरल वाकरले समेत शेख हसिनाले आफ्नो पदबाट राजीनामा दिएर देश छाडेको बताए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘सबै राजनीतिक दलसँगको फलदायी छलफलपछि हामीले अन्तरिम सरकार बनाउने निर्णय गरेका छौं । हामी अहिले राष्ट्रपति मोहम्मद शाहबुद्दीनसँग कुरा गर्नेछौं ताकि स्थिति समाधान गर्न सकियोस्।’

यी पनि हेर्नुहोस् :
बंगलादेशकी प्रधानमन्त्री हसिना देश छोडेर भागिन्, सेनापतिले गरे यस्तो घोषणा
देश छोडेर भारत पुगिन् शेख हसिना, लण्डन उड्ने तयारी गर्दै
बङ्गलादेशमा प्रदर्शनकारीद्वारा प्रधानमन्त्री निवासमा लुटपाट
बंगलादेशमा विद्यार्थीले कसरी हल्लाए एशियाकै शक्तिशाली महिलाको सिंहासन ?

उनले आन्दोलनको नाममा हुने सबै हिंसा बन्द गर्न आह्वान गर्दै विद्यार्थी आन्दोलनका क्रममा भएका सबै मृत्युको नयाँ सरकारले न्याय सुनिश्चित गर्ने वाचा गरे । ढाका विश्वविद्यालयको कानून विभागका प्रोफेसर आसिफ नजरुललाई विद्यार्थीहरूलाई आन्दोलन फिर्ता लिन अनुरोध गर्न एक विज्ञप्ति जारी गर्न भनिएको छ।

उनले सेनाको मुख्यालयमा राजनीतिक दलसँगको बैठकमा अवामी लिगका कुनै पनि सदस्य नरहेको जिकिर समेत गरे ।