एजेन्सी – प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छोडेकी शेख हसिना भारत पुगेकी छन् । सोमबार दिउँसो प्रधानमन्त्री पद त्याग्दै बंगलादेशबाट हेलिकोप्टरमार्फत भागेकी हसिना भारत पुगेको बंगलादेशको प्रसिद्ध समाचार संस्था ढाका ट्रिब्यूनले जनाएको छ ।
हसिना आफ्नी बहिनी रेहाना हसिनालाई लिएर भारत पुगेकी हुन् । बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै विद्यार्थी समूहले सुरू गरेको आन्दोलनबाट गलेकी हसिनाले सोमबार देश छोडेकी थिइन् ।
भारतको त्रिपुराको अगरतला त्यहाँबाट बेलायत उड्ने तयारीमा छिन् । उनले बेलायतको लन्डन जाने योजनामा बनाएको भारतीय समाचार आउटलेट न्यूज १८ ले जनाएको छ ।
यसअघि एएफपीले शेख हसिना र शेख रेहाना सुरक्षित स्थानमा पुगेको जानकारी दिएको थियो। देश छोडेर प्रस्थान गर्नुअघि भाषण रेकर्ड गर्ने मनसाय राखेकी थिइन् तर उनले त्यसको मौका पाइनन् मौका पाएनन्।
यी पनि हेर्नुहोस् :
बंगलादेशकी प्रधानमन्त्री हसिना देश छोडेर भागिन्, सेनापतिले गरे यस्तो घोषणा
बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाद्वारा राजीनामा, अन्तरिम सरकार चाँडै बन्ने
बङ्गलादेशमा प्रदर्शनकारीद्वारा प्रधानमन्त्री निवासमा लुटपाट
बंगलादेशमा विद्यार्थीले कसरी हल्लाए एशियाकै शक्तिशाली महिलाको सिंहासन ?
शेख हसिनाको राजीनामाको घोषणा सेना प्रमुख वाकेर–उज–जमानले उनको सरकारी निवास गणभवनमा प्रदर्शनकारीहरूले आक्रमण गरेपछि आएको जनाएका छन् । हसिनाको राजीनामासँगै बंगलादेशमा अन्तिरिम सरकार बनाउने सेना प्रमुख वाकेरले घोषणा गरेका छन् ।
सार्वजनिक तस्बिरहरूमा प्रधानमन्त्रीको घर नजिकैको सवारी साधनबाट आगो निस्किरहेको देखाएको छ, जसमा पुलिसले भीडलाई नियन्त्रण गर्न सकेको देखिन्न ।



























































