काठमाडौं – नामिबियामा जारी विश्व क्रिकेट लिग डिभिजन २ अन्तरगत आज नेपालले केन्यासँग प्रतिस्पर्धा गर्दैछ।


ADVERTISEMENT


नामिबियास्थित वान्डेररस् मैदानमा नेपालले टस जितेर केन्यालाई ब्याटिङको निम्तो दिएको छ । खेल नेपाली समय अनुसार दिउँसो १:१५ बजे सुरु हुनेछ।


ADVERTISEMENT

# # #


पहिलो खेलमा नामिबियामाथि १ विकेटको जित निकालेको नेपाल दोस्रो खेलमा ओमानसँग ६ विकेटले पराजित भएको थियो। तेस्रो खेलमा आइतबार बलियो प्रतिद्वन्द्वी मानिएको यूएईलाई चार विकेटले पराजित गर्‍यो। आज अर्को बलियो प्रतिद्वन्द्वी केन्यासँग भिड्न लागेको हो।

३ खेलबाट ४ अंक बनाएको नेपाल अंक तालिकाको दोस्रो स्थानमा रहेको छ। ३ खेल जितेको क्यानडा ६ अंसहित पहिलो स्थानमा रहेको छ। यसअघिका दुवै खेल हारेको केन्या भने अंकविहीन रहँदै अंक तलिकाको पुच्छारमा छ। नेपाललाई विश्वकप छनोटमा स्थान पक्का गर्नका लागि आजको केन्यासँगको खेल जित्नै पर्ने देखिन्छ।

यस प्रतियोगितको शीर्ष स्थानमा रहने दुई टोली २०१९ को विश्वकपका लागि आगामी मार्चमा जिम्बाब्वेमा हुने अन्तिम चरणको छनोट प्रतियोगितामा भाग लिन पाउने छन् ।