काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल भ्रमणमा रहेको भारतीय प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ । भारतीय विदेश सचिव विक्रम मिस्री नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता गरेको हो ।
भेटमा दुई पक्षबीच विविधि विषयमा छलफल भएको छ । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा भारतीय टोलीको नेतृत्व गर्दै विदेशसचिव मिस्री आइतबार मात्रै नेपाल आएका थिए । उनी सोमबारसम्म नेपालमा रहँदा विभिन्न भेटघाट गर्नेछन् ।
यसअघि उनले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि शिष्टाचार भेटवार्ता गरेका थिए ।




























































