काठमाडौँ – श्रम आप्रवासन नीतिको मस्यौदा बनाउन गठित कार्यदलले श्रम आप्रवासन नीतिको मस्यौदा हस्तान्तरण गरेको छ ।
आइतबार सिंहदरबारका कार्यदल संयोजक श्रम विज्ञ डा. गणेश गुरुङले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका मन्त्री शरतसिंह भण्डारीलाई श्रम आप्रवासन नीतिको मस्यौदा हस्तान्तरण गरेका हुन् । वैदेशिक रोजगारमा जाने कामदारको हकहित रक्षाका लागि आवश्यक संयन्त्र बनाउने गरि मन्त्रालयले श्रम आप्रवासन नीति बनाउन लागेको हो ।
हस्तान्तरण कार्यक्रमम मन्त्री सिंहले आन्तरिक र बाह्य रोजगार मर्यादित बनाउनका लागि पहलकदमी लिन सरकारले श्रम आप्रवासन नीति बनाउन लागिएको बताए । उनले प्राथमिकताका आधारमा नेपाली युवाहरुलाई वैदेशिक रोजगारमा जाने व्यवस्थाका साथै वैदेशिक रोजगारमा जानु अघिको प्रक्रियालाई समेत व्यवस्थीत गर्ने गरी नीति तयार गर्ने जिकिर गरे । सम्मानपूर्वक श्रम गरेको मूल्य पनि सम्मानजनक हुनुपर्ने सरकारको नीति रहेको उनको भनाइ छ ।
श्रम आप्रवासन नीतिको मस्यौदा हस्तान्तरण गर्दै कार्यदल संयोजक गुरुङले मस्यौदा बनाउनदा अन्तराष्ट्रिय श्रम संगठन लगाएतका निकायहरुसंग सुझाव लिएको बताए । श्रम रोजगारको क्षेत्रमा बिज्ञता हासिल गर्दै नीतिको मस्यौदा तयार गरिएको उनको भनाइ छ ।
स्वास्थ्य र सामाजिक सुरक्षालाई मूल आधार बनाउदै श्रम आप्रवासन नीतिलाई अन्तिम रुप दिन मन्त्रालयले जनाएको छ ।



























































