काठमाडौँ – हिमालयन बैंक लिमिटेडले ललितपुर र धनुषाका दुई शाखा स्थानान्तरण गरेको छ । बैँकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरुमध्ये ललितपुरको जाउलाखेल शाखा र धनुषाको जनकपुरस्थित भानु चोकमा रहेको शाखा स्थानान्तरण गरेको हो ।


ADVERTISEMENT


बैंकले ललितपुरको जाउलाखेल शाखालाई ललितपुरको सुनाकोठीमा स्थानान्तरण गरेको छ भने जनकपुर शाखालाई धनुषाको जनकपुरधाम पिडारी चोकमा सुनाकोठी–पिडारी चोक शाखामा रुपमा स्थानान्तरण गरेको हो । स्थानान्तरणपछि आइतबारबाट दुबै शाखाबाट कारोबार समेत सञ्चालनमा आएको छ ।


ADVERTISEMENT

# # #


बंैकको सुनाकोठी शाखाको शुभारम्भ बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विपिन हाडाले र पिडारी चोक शाखाको शुभारम्भ बैंकका मधेश प्रदेशका प्रदेश प्रमुख सागर कुमार रेग्मीले बंैकका उच्चपदस्थ कर्मचारीहरु तथा अन्य अतिथिहरुको उपिस्थतिमा गरेका छन् ।

हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २७२ एटीएम, ६,५०० भन्दा बढी पीओएस टर्मिनल र १७ हजार भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बंैकिङ्क सेवा प्रदान गर्दै आएको छ ।