काठमाडौं-स्थानीय तहमा कर्मचारीको अभाव भईरहेका बेला स्थानीय तहमै सरुवा भएका लहानस्थित सगरमाथा अञ्चल यातायात व्यवस्था कार्यालयका प्रमुख ओमकार प्रसाद न्यौपानले सरुवा भएको चार महिना बित्दा पनि कार्यालय छोडेका छैनन् ।


ADVERTISEMENT


कार्यालय प्रमुख न्यौपाने गत कार्तिक अन्तिम साता संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत् मोरङ्को सुन्दर हरैचा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भएका थिए ।


ADVERTISEMENT

# # #


सरुवाको पत्र आएपनि न्यौपाने अटेर गरेर यातायात कार्यालयमा नछोड्नुमा स्थानीयमा भन्दा यातायात व्यवस्था कार्यालयमा राम्रो कमाई हुने भएकाले सरुवा भएको कार्यालयमा नगएको लेखापढि व्यवसायी सतिश राय बताउँछन् ।

यातायात कार्यलयमा साना तथा हलुका, ठूला सवारी साधनको नवीकरण, जाँचपास, सडक अनुमति, पटके करबाट राजश्वबाहेक दैनिक चारदेखि पाँच हजार रुपैयाँसम्म कमाई हुने बताइन्छ । यातायातकै एक कर्मचारी नाम उल्लेख नगर्ने शर्तमा भन्छन् ‘हाकिम साहवले सरुवाको पत्र बुझिेसकेको भएपनि विभागलाई समेत प्रलोभनमा पारेर कार्यालयमै बसिरहेका छन् ।’

स्थानीय विकास मन्त्रालयले पटक पटक सरुवा भएको स्थानीय तहमा हाजिर हुन ताकेता गरेपनि न्यौपानेले नटेरेपछि करिब हप्ता दिन पहिले २४ घण्टे स्पष्टीकरण समेत सोधेको कार्यालय स्रोतले जनाएको छ । सरुवा भईसकेका न्यौपानेले अटेर गरेर कार्यालयमै बसिरहनुमा यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई समेत मिलाएको स्रोतको दावी छ ।

सरुवाको पत्र आएपनि सम्बन्धित स्थानीय तहमा नगएको विषयमा प्रमुख न्यौपानेले आफूकहाँ यातायात व्यवस्था विभागको आधिकारिक पत्र नआएको दावी गरे । ‘आधिकारिक पत्र नआएकाले कार्यालयको बरबुझारथ गर्ने कुरा आएन, त्यसोहुँदा कार्यालय कसरी छोडेर जाने ?’