काठमाडौँ– नेकपा एमाले मुख्यालय च्यासलमा जननेता मदनकुमार भण्डारीको अर्धकदको प्रतिमा अनावरण गरिएको छ ।
बिहीबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले अर्धकदको प्रतिमाको आज अनावरण गरेका हुन् ।
सो क्रममा ओलीले मदनकुमार भण्डारीको अर्धकदको प्रतिमामा माल्यार्पण गरेका थिए ।
अनावरण कार्यक्रममा एमालेका शीर्ष नेताहरू सहभागी थिए । कलाकार लालकाजी लामाले उक्त प्रतिमा निर्माण गर्नुभएको एमालेले जनाएको छ ।



























































