काठमाडौँ– ललितपुरको बालकुमारीमा डेरा बस्दै आएकी एक १४ वर्षे किशोरी सार्वजनिक बसभित्रै बलात्कृत भएकी छन्।


ADVERTISEMENT


चैत १८ गते भएको यो घटनामा संलग्न भन्दै प्रहरीले सिन्धुपाल्चोक, सानो सिरुवारी–६ घर भई लगनखेल बस्दै आएका ३१ वर्षीय सागर नेपालीलाई पक्राउ गरेको छ। प्रहरीले सिन्धुपाल्चोक नै पुगेर उनलाई पक्राउ गरेको हो।


ADVERTISEMENT

# # #


प्रहरीका अनुसार त्यस दिन साँझ दाजुसँग झगडा गरेर ती किशोरी घरबाट निस्केकी थिइन्। ‘म तपाईंसँग डेरामा बस्दिनँ’ भन्दै बाहिर निस्किएकी उनी बालकुमारीको रिङरोडमा उभिरहेकी थिइन्। राति ८ बजेतिर सडकमा किशोरी उभिएपछि एक युवकले उनीसँग सोधपुछ गरे। आफू तराई रहेको घरमा जान लागेको बताएपछि ती युवकले ‘मेरो बस छ म पुर्याइदिन्छु’ भने।

ललितपुर प्रहरी परिसरका डिएसपी ईश्वर कार्कीका अनुसार त्यो रात किशोरी तिनै युवकसँग गइन्। ‘युवकले होटलमा लगेर खाना खुवाए र आफू काम गर्ने बसभित्र लगेर बलात्कार गरे,’ कार्कीले भने। पार्किङ गरिराखेको बसभित्र मध्यरातमा युवती चिच्याएपछि स्थानीय आए। त्यतिन्जेलसम्म युवक भागिसकेका थिए। पक्राउ परेका नेपाली त्यही बसका सहचालक भएको डिएसपी कार्कीले बताए।

‘किशोरीलाई ललाइफकाइ घर पुर्याइदिने आश्वासन दिएर बलात्कार गरेको देखिन्छ,’ डिएसपी कार्कीले भने।