एजेन्सी – मालिक एलोन मस्कले स्थानीय कानुनहरूको पालना गर्न अस्वीकार गरेपछि ब्राजिलमा सामाजिक सञ्जाल एक्स निलम्बनमा परेको छ ।
विश्वको पाँचौं ठूलो डिजिटल जनसंख्या भएको देश ब्राजिलमा एलोन मस्कले स्थानीय कानूनहरूको पालना गर्न र त्यसका लाथि स्वाथीय कानुन क्सको तर्फबाट लागि कानुनी प्रतिनिधि नियुक्त गर्ने समय सीमा पार गरेको भन्दै त्यहाँको सर्वोच्च अदालतले एक्समाथि रोक लगाएको हो ।
त्यहाँको सर्वोच्च अदालतका प्रभावशाली न्यायाधीश अलेक्जेन्डर डे मोरेसले अदालतको आदेशहरूको पालना नगरेसम्म र तोकिएको जरिवाना नतिरेसम्म सामाजिक सञ्जाल प्लेटफर्मको ‘तत्काल र पूर्ण निलम्बन’ गर्न आदेश दिएका हुन् ।
इन्टरनेट प्रदायक र मोबाइल फोन कम्पनीहरूले प्रतिबन्ध लागू गर्न थालेपछि लाखौं ब्राजिलियन प्रयोगकर्ताहरू स्थानीय समय अनुसार शनिबार बिहानदेखि एक्सको नेटवर्क पहुँच गर्न असमर्थ भएका थिए ।
के हो घटनाक्रम ?
एक्स र ब्राजिलको सर्वोच्च अदालतबीच विवाद अप्रिलमा सुरु भभएका थियो । जब एक न्यायाधीशले कथित रूपमा गलत सूचना फैलाएको आरोपमा दर्जनौं एक्स खाताहरू निलम्बन गर्ने आदेश दिएका थिए ।
उक्त आदेशमाप्रतिक्रिया दिँदै भनेका थिए, ‘स्वतन्त्र अभिव्यक्ति लोकतन्त्रको आधार हो र ब्राजिलमा एक अचयनित छद्म न्यायाधीशले राजनीतिक उद्देश्यका लागि यसलाई नष्ट गरिरहेका छन् ।’
अदालतको आदेश पालना नगरेको भन्दै मुद्दा परेको थियो । जसमा अदालतले मुद्दा लड्न स्थानीय कानुन प्रतिनिधिको व्यवस्था गर्न र कानुन अनुसार जरिवाना तिर्न आदेश दिएको थियो । अदालतको २४ घण्टे अल्टिमेटम पालना नगरेपछि एक्स निलम्बित भएको हो ।



























































