काठमाडौँ – भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्माले नेपाल–भारत आर्थिक सहयोग र विकासमा भएको अभिवृद्धिलाई अगाडि बढाउन प्रतिवद्ध रहेको बताएका छन् ।
आइतबार सिंहदबरबारमा संसदीय सुनुवाइ समितिमा कार्ययोजना पेश गर्दै शर्माले क्रस बोर्डर, पूर्वाधार, बित्तिय कनेक्टिभिटी र भारतबाट नेपाल आउन लगानी वृद्धिमा भएको प्रवाहको गतिलाई निरन्तरता दिन आवश्यक भूमिका निर्वाह गर्ने समेत बताए ।
उनले द्धिपक्षीय सम्बन्धलाई सम्बोधन र सुधार गर्न विद्यमान करिब तीन दर्जन सरकारी स्तरका द्धिपक्षीय संयन्त्रहरुको बैठक छिटो गर्ने प्रयास गर्ने समेत बताए ।
नयाँ दिल्लीमा गैरआवसीय दूतावास भएका १३० वटाभन्दा बढी देशहरुसँगको साझेदारलाई बढवा दिने उनको भनाइ छ । त्यस्तै अन्य दुईपक्षीय संयन्त्रको बैठकलाई पनि निरन्तरता दिनुपर्नेमा जोड दिए ।
समिति सदस्यहरुको प्रश्नमा शर्माले आफुलाई पुन भारतीय राजदूतमा प्रस्ताव गरेको विषयको जवाफ आफुसंग नभई सरकारले जवाफ दिनुपर्ने बताए ।



























































